ट्रेन्डिङ

आईपीओ निष्कासन गर्दै ठमेल प्लाजा होटल

६ जेष्ठ २०८१, आईतवार ००:५५

काठमाडौं– ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारणसभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ। सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ।

त्यस्तै, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ। कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ।