© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
कपिलवस्तु । कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गर्दा तिन होटेल कारबाहीमा परेका छन् ।
बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, खाद्य तथा गुण नियन्त्रक कार्यालय कपिलवस्तु, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र प्रहरीसहितको संयुक्त टोलीले होटलका अनुगमन गरिएको थियो ।
बासी सडेगलेका खाना फेला परेका, सरसफाइमा ध्यान नदिएका, खाना नढाकी फ्रिजमा राखिएको फेला परेका होटेललाई पहिलो पटक पाँच हजारका दरले जरिवाना गरिएको छ ।