© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । चौधरी ग्रुपले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्वप्रसिद्ध ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले मुम्बईमा भव्य कार्यक्रमकाबीच ताजसँगको बृहत साझेदारीमा हस्ताक्षर गरेका हुन्। यही वैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा उक्त सहमति भएको हो।
सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छाका अध्यक्ष इच्छा बहादुर वाग्लेले हस्ताक्षर गरेका छन्। साथै थप सुविधाहरू जडान गर्न ठुलै पुँजीको आवश्यक पर्दछ । पुँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुने जनाइएको छ । भविष्यमा होटलको पहिचान र दायरा व्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको कम्पनीको भनाइ छ ।
पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको उल्लेखित काम सम्पन्न गर्न परामर्शदाताको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।
हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघिदेखि नै ताज ग्रुपसँग चौधरी ग्रुपको लामो सहकार्यको इतिहास छ । चौधरी ग्रुपले पछिल्ला दिनमा भारतका ठूला–ठूला कम्पनीसँग मिलेर नेपालको बृहत आर्थिक गतिविधिमा केन्द्रीत हुँदै आएको छ । जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना भएको कामबाट प्रष्ट हुन्छ ।
केहि समय अघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश र बिहार राज्यमा निर्यातको कामको सुरुवात भइसकेको छ । यो कार्यलाई निरन्तरता दिँदै आइएको छ । ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौं । आगामी दिनमा थप विश्वविख्यात लगानीकर्ताहरुसँग सहकार्य गरेर नेपालमा लगानी भित्राउनेछौं । यसले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने हाम्रो विश्वास छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँग सहकार्य नेपालकै लागि निकै महत्वपूर्ण छ ।’