© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिटी होटल लिमिटेडको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आवको तेस्रो त्रैमाससम्ममा २१ करोड ६१ लाख रुपियाँ नोक्सानीमा रहेको होटल समीक्षा अवधिमा १५ करोड ३७ रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
यस वर्ष कम्पनीको कुल आम्दानी करिब २३ प्रतिशत बढेको छ भने कुल खर्च पनि करिब १८ प्रतिशत बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ ।
अदर इक्वीटी भने ९ करोड ४३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । वार्षिक १२ रुपैयाँ २४ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९४ रुपैयाँ ३६ पैसा छ ।
९ महिनामा कम्पनीले ४२ करोड ७ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेका छ भने २८ करोड २२ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । कम्पनीको वित्तीय खर्च भने यस वर्ष ३ प्रतिशतभन्दा बढीले घटेको छ ।