ट्रेन्डिङ

सोल्टी होटलको नाफा ११ प्रतिशत बढ्यो

२९ बैशाख २०८१, शनिबार १५:३८

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेु्रो त्रैमाससम्ममा सोल्टी होटल लिमिटेडले ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीको नाफा गत आवको यसै अवधिको तुलनामा ११ प्रतिशत बढी हो । गत आवको यसै अवधिमा यस्तो नाफा ३७ करोड ११ लाख रुपैयाँ थियो ।

कम्पनीको कुल आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिलेको सोही अवधिमा १ अर्ब ६८ करोड छ । पर्यटकीय व्यवसायिक गतिविधिमा आएको सुधारले आम्दानी बढेको कम्पनीले वित्तीय विवरणमा प्रष्ट पारेको छ ।

कम्पनीको नाफा बढेसंगै कुल आम्दानी पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिलेको सोही अवधिमा १ अर्ब ६८ करोड छ । पर्यटकीय व्यवसायिक गतिविधिमा आएको सुधारले आम्दानी बढेको कम्पनीले वित्तीय विवरणमा प्रष्ट पारेको छ ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा होटलको १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ ।