पर्यटन खबर

नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा बीच सम्पन्न सम्झौता

२९ बैशाख २०८१, शनिबार १५:३१

काठमाडौँ। नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा, सिमरा बीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । नेक्सजेनको कर्पोरेट कार्यालयमा सहमति भएको हो ।

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छाको तर्फबाट अध्यक्ष इच्छाबहादुर वाग्लेले दस्तखत गरेका छन् । सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि सञ्चालन हुँदै आएको छ ।

होटल इच्छाको पूँजी वृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जानकारी दिए। फाइभ स्टार होटल संचालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तरराष्ट्रिय स्तरको बनाउन अवश्यक छ । साथै थप सुविधा हरू जडान गर्न ठुलै पूँजीको आवश्यक पर्दछ । पूँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुनेछ ।

भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि शेयर जारी गर्ने योजना रहेको छ । पूर्व बैंकरहरू समेतको लगानीमा संचालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदातको रूपमा काम गर्नेछ । संचालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।

पूर्व बैंकरहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको उल्लेखित काम सम्पन्न गर्न परामर्शदाताको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।