© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। ड्रिम इन्टरनेसनल होटेलले साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको होटेलले जनाएको छ।
एक कार्यक्रमबीच ड्रिम इन्टरनेशनल होटेलको तर्फबाट अध्यक्ष राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक शेयर निष्काशन प्रक्रिया अगाडि बढाएको होटलका अध्यक्ष गोपाल रानाले जानकारी दिए ।
पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय सहर बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटेलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरूमा होटेल स्थापना गर्ने योजना बनाएको जनाएको छ।