ट्रेन्डिङ

भाडा तिर्न नसक्दा दाङका होटेल व्यवसायी संकटमा

३ बैशाख २०८१, सोमबार ०१:२४

तुलसीपुर। पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि दाङका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरू भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको छ ।

‘होटेल सञ्चालकहरू भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्’, उनले भने, ‘व्यवसायी पलायन हुने अवस्थामा छ ।’ होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनीले बताएको छ।

होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाइ छ । पर्यटन प्रवर्द्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको छ । धेरै होटेल व्यवसायी पलाइन भइसके छन्।

अझै पलायन हुने अवस्था जारी छ।अहिले लगानी गर्ने वातावरण पनि छैन । दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरूले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए छन्।