पर्यटन खबर

पर्यटनमन्त्रीको प्रस्ताव–विदेशी लगानी कर्तालाई पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरौँ

३० चैत्र २०८०, शुक्रबार ०४:४३

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूे जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए । उनले वैशाख तेस्रो हप्तामा शुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरुको भुमिका महत्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरुलाई आह्वान गर्न आग्रह गरेका छन् ।

सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महशुस गराउनसके लगानी सम्मेलन सफल हुने बताए । उनले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन र तात्कालीक समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए ।

उहाँले नेपालको सापेक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल पर्याप्त रहेको तर नियमित उडान गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए। उद्योगी व्यापारीहरुले होटल क्षेत्रमा ठूलो लगानी गरेको तर पर्यटकहरुको कमीले आफूलाई सुरक्षित महशुस गर्न नसकेको बताए ।सरकारले पर्यटन क्षेत्रका समस्या समाधानका लागि आवश्यक कदम चालिरहेको पनि बताए।

उनले वैशाख तेस्रो हप्तामा सुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह गरे ।

उनले सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महशुस गराउनसके लगानी सम्मेलन सफल हुने बताए । नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तत्कालीन समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताए ।