© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् ।
त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेकोप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् ।
नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्ण रूपमा विस्थापित हुने उनीहरूको भनाइ छ । नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको नदी खण्डमा साहसिक जलयात्रा हुने गरेको छ ।