अन्तर्राष्ट्रिय होटल खबर

एचएनबीजीको छैटौं शाखा ‘इजाकाया होक्काइडो’ लाजिम्पाटमा

२४ चैत्र २०८०, शनिबार ००:१०

काठमाडौं । होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबिजि)ले छैटौं शाखा इजाकाया होक्काइडो र्‍याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार र्याडिसन होटलमा भएको शाखामा एक कार्यक्रमका बीच सञ्चालनबारे पत्रकार सम्मेलन गरेर जानकारी दिइयो। सो अवसरमा जापानी परिकारहरूको परीक्षण गराइएको थियो। नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रूपमा रहेको एचएनबीजीले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ।

पहिलो शाखा काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रूपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो । साथै संस्थाले क्यूएक्सको रूपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरू सञ्चालन गरेको छ ।

रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबिजिको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म सञ्चालनमा छ । यो ग्रुप मातहत सञ्चालित होक्काइडो एकेडेमी अफ हस्पिटालिटीले दक्ष जनशक्ति उत्पादनका लागि काम गर्दै आएको छ । साथै सेन्टर किचन पनि सञ्चालनमा छ ।

देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन्।

‘पहिला उत्पादनलाई फोकस गर्छौ अनी गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं,’ उनी भन्छन्, ‘यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ।’

कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन्।

लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार उपलब्ध रहनेछ। स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ।