© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन भएका छन् ।
सोमबार जनकपुरमा सम्पन्न होटल तथा पर्यटन व्यवसायी महासङ्घको दोस्रो अधिवेशनबाट उन सर्वसम्मतबाट अध्यक्ष पदमा चयन भएका हुन्। धनुषाको लालगढ र महोत्तरीको बर्दिबासस्थित गौतम होटलका सञ्चालक समेत रहेका गौतम मधेश प्रदेशमा रहेका होटल तथा पर्यटन क्षेत्र पहिचान गरी प्रवर्द्धन गर्दै आएका छन्।
महासङ्घको अन्य पदाधिकारीमा विष्णुकुमार साह वरिष्ठ उपाध्यक्ष, सुरेन्द्रकुमार भण्डारी उपाध्यक्ष, वैकुण्ठ सापकोटा महासचिव, दानबहादुर थापा कोषाध्यक्ष, तबरेज आलम सचिव, शिवराम राउत सहसचिव, गोविन्द गहतराज सहकोषाध्यक्ष र सदस्यमा रामचन्द्र साहलगायतका सदस्यहरू चयन भएका छन् ।