पर्यटन खबर

सुस्ताएको पर्यटन क्षेत्रलाई सौराहा चलायमान हुँदै

१७ चैत्र २०८०, शनिबार ००:३१

चितवनवर्षौंदेखि टाट परेको सौराहामा अहिले चलायमान भएको छ। कोभिड-१९ पछि सौराहामा पर्यटन आउनेक्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा  ब्यवसायीहरु खुसी छन् ।

कोरानाकाल र त्यसपछिका दुई/तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गरेको स्मरण गर्दै व्यवसायीहरु “अहिले स्वदेशी र विदेशी पर्यटकको आगमन बढेसँगै आम्दानी पनि बढेको छ ।” उनी पर्यापर्यटन नै आफूहरूको जीविकोपाजर्नको आधार भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक यहाँका वन्यजन्तु, नदी, ताल, वनजङ्गल हेर्न नै आउने भएकाले तिनको संरक्षणका लागि सरोकारवाला निकायसँगै स्थानीय सबै लाग्नुपर्ने व्यवसायीहरु बताउन्छन्।

अधिकांश जनताको रोजगारी र आयको मुख्य स्रोत निकुञ्जको पर्यापर्यटन समेत बनेको छ । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा स्थापित चितवन राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमध्ये राजस्व सङ्कलनमा अब्बल बन्दै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा मातहतका संरक्षित क्षेत्रबाट आर्थिक वर्ष २०७९/८० मा रु ७५ करोड ७७ लाख राजस्व सङ्कलन भएको थियो ।

त्यसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट मात्र रु २८ करोड १३ लाख ७७ हजार राजस्व सङ्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार चालु आवमा निकुञ्जमा गत फागुनसम्म दुई लाख पर्यटक प्रवेश गरेको र रु २६ करोड हाराहारी राजस्व आम्दानी भएको छ ।

चितवनमा मात्र दुई लाख ९२ हजार ३ सय ९२ पर्यटकले भ्रमण गरेका थिए । त्यसमध्ये नेपाली दुई लाख एक हजार आठ सय ८१, सार्क मुलुकका ३५ हजार सात सय ११ र विदेशी ५४ हजार आठ सय पर्यटक रहेका छन् । नेपालमा आउने पर्यटकको ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।