© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौं। पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ।
यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन शुरू गरिएको विभागले जनाएको छ । आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् ।
जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ ।