होटल खबर

होटल व्यवसायीहरू आन्दोलित

२९ फाल्गुन २०८०, मंगलवार १५:३४

पोखरा। लुिम्बनी प्रदेशका होटल व्यवसायीहरू आन्दोलित भएका छन् ।

लुम्बिनी क्षेत्रभित्र रहेका बिहारले होटेलसरह सुविधा दिएर पर्यटक राख्न थालेपछि लुम्बिनी होटेल संघसँग सम्बद्ध व्यवसायी आन्दोलित बनेका हुन्। उनीहरूले मंगलबार लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउँदै एक हप्ताभित्र समस्या समाधान नगरे आत्मदाह गर्नेसम्मको चेतावनी दिएका छन्।

लुम्बिनी विकास कोषमा ज्ञापनपत्र बुझाउन पुगेका लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले एक हप्ता समय दिएको र यो समयभित्र समाधान नभए आत्मदाह गर्नसमेत व्यवसायी बाध्य हुने बताए । ज्ञापनपत्र बुझदै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सम्बन्धित सबै स्थानमा कुरा राख्ने बताए ।

ज्ञापनपत्र बुझ्दै कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सम्बन्धित सबै स्थानमा कुरा राख्ने बताए। ज्ञवालीले भने, ‘लुम्बिनी आएका सबै पर्यटक बिहारभित्र राख्नाले बाहिर होटेल व्यवसायी मर्न बाध्य छौँ। जब हामी नै मर्दै छौँ भने हामीले लुम्बिनी विकास कोषलाई पनि चिन्दैनौँ।’

‘लुम्बिनी आएका सबै पर्यटक बिहारभित्र राख्नाले बाहिर होटल व्यवसायी मर्न बाध्य छौँ । जब हामी नै मर्दैछौँ भने हामीले लुम्बिनी विकास कोषलाई पनि चिन्दैनौँ,’ लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले भने, ‘हामीले यो लडाइँ अन्तिम लडाइँको रुपमा लडिराखेका छौँ । १२ वर्षदेखि यही माग राखिराखेका छौँ, अब सहन सक्ने अवस्था रहेन ।’

अनलाइनबाट बुकिङ गरेर १० दिनका लागि लुम्बिनी आएका पर्यटक भित्र बिहार भ्रमणका गए पनि अर्को दिन बुकिङ क्यान्सिल गरेर जाने गरेको व्यवसायीहरूको भनाइ छ । लुम्बिनीका अधिकांश बिहारमा दैनिक ५० देखि २०० सम्म विदेशी पर्यटक बस्दै आएका छन् । लुम्बिनीमा करिब ९५ भन्दा बढी होटल रहेकोमा १५ वटा बन्द भइसकेका छन् भने १५ भन्दा बढी बन्दको अवस्थामा छन् ।

लुम्बिनीमा होटल क्षेत्रमा मात्र ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । लुम्बिनीभित्र रहेका थाई, चिनियाँ, कोरियाली, बर्मी, कम्बोडियन लगायतका बिहारले पर्यटक राख्दै आएका छन् । हरेक बिहारमा एकपटकमा १०० देखि ४०० सम्म पर्यटकलाई एकैपटक व्यवस्था गर्न सकिने छ ।