© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
जनकपुर। जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ।
प्रहरीका अनुसार सिटी स्टार फैमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुस्बु सुनारको मृत्यु भएको हो। प्रादेशिक अस्पताल, जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
छेउकै कोठामा बस्ने व्यक्तिले युवतीलाई बेहोस देखेपछि होटेल सञ्चालकलाई खबर गरेका थिए। त्यसलगत्तै युवतीलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइएकोमा मृत्यु भएको प्रवक्ता अवाले जानकारी दिए।
मृतक युवती करिब तीन महिनादेखि धनुषाको महेन्द्रनगरमा बस्दै आएकी थिइन्। घटनापछि उनको श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको प्रहरीले जनाएको छ।
मृतक युवतीको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। फरार भएका युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।