© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
अमेरिका। नेपाली युवाले अमेरिकामा ठुलो लागतमा कार्नेस सिटीमा होटेल ‘ला क्विन्ता होटल’ किनेका छन् ।
हिमालय खबरका प्रबन्ध सम्पादक विकासराज न्यौपाने र नेपाली व्यवसायी विकल ढकालसँगको साझेदारीमा अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् ।
टेक्सासबाट सञ्चालन भइरहेको हिमालय खबरका प्रबन्ध सम्पादक न्यौपाने र ढकालसँगको साझेदारीमा ७० लाख डलर खर्चिएर नेपालीले अमेरिकामा ‘ला क्विन्ता होटल’ खरिद गरेका छन् ।
वर्षको सरदर ९५ प्रतिशत अकुपेन्सी हुने गरेको यो तीनतारे होटलमा ६९ कोठा छन् । न्यौपाने र ढकालको समूहले टेक्सासकै साउथ पाद्रेमा पनि अर्को होटल सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ । आर्थिक मन्दीका बीच जोखिम मूल्यांकनका साथै वित्तीय तथ्यांकको राम्रो अध्ययन गरेर नयाँ व्यवसाय सञ्चालन गर्न लागिएको ढकालको भनाइ छ ।
अर्भिङ टेक्सासमा मुख्यालय रहेको ला क्विन्ता इन्स एण्ड स्वीट्स ब्राण्डका होटलहरु अमेरिकालगायत क्यानडा मेक्सीको र होण्डुरसमा सञ्चालित छन् । न्यौपाने हाल नेपाल अमेरिका पत्रकार संघ (नेजा)को कायबाहक अध्यक्ष पनि हुन् ।