काठमाडौँ। युनाइटेड बिजनेश होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
एनाईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल लिमिटेडले बीच क्यापिटल’आइडिया टु आइपिओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्टार सेवा सहित निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति गर्ने सम्बान्धि बुई पक्षीय सम्झौता भएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।
युनाइटेड बिजनेश होटललाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनबमोजिम सर्वसाधारणहरुमा प्राथमिक सेयर(आईपीओ)निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुईपक्षिय सम्झौता सम्पन्न भएको छ ।