ट्रेन्डिङ

पर्यटन मन्त्री बने हितबहादुर तामाङ

२४ फाल्गुन २०८०, बिहीबार ०२:५०

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा हितबहादुर तामाङ नियुक्त भएका छन्।

सोमबार बिनाविभागीय मन्त्रीको शपथ लिएका उनले बुधबार नियुक्ति पाएका हुन् । मन्त्री तामाङले बुधबार बेलुकी सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका तामाङ मन्त्रीको रुपमा दोस्रो पटक आएका हुन्। तामाङ २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका थिए।

नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट दुईपटक प्रत्यक्ष निर्वाचित उनी दोस्रो पटकमन्त्री भएका हुन् । उनी २०६८ मा युवा तथा खेलकुदमन्त्री भएका थिए ।

पहिलो पटक संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय सम्हालेका उनका लागि पोखरा, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने, संकटग्रस्त नेपाल वायुसेवा निगमलाई सुधार गर्ने, नेपालमा पर्यटकको उल्लेख्य संख्या बढाउने, धार्मिक र पर्यटकीय क्षेत्रलाई विवादमुक्त बनाउने मुख्य चुनौती छ ।

२०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसद, २०७४ र २०७९ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी पार्टीभित्र इमान्दार नेताको रुपमा चिनिन्छन् ।