© 2023-2024 सर्वाधिकार सुरक्षित hotelkhabar.com
काठमाडौँ। सोल्टी होटल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटलले दिएको ५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र २६.५७८९ प्रतिशत नगद गरि कुल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ४४ लाख २३ हजार ८६४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।
बोनस पछी कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख ५० हजार ८१० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ४३१ रुपैयाँमा कारोबार भइरहेको छ ।